गुवाहाटी अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा KWW संघकानेपाली खेलाडीको शानदार प्रदर्शन

गुवाहाटी अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा KWW संघकानेपाली खेलाडीको शानदार प्रदर्शन

भारतको गुवाहाटी, आसाममा पुस २६ र २७ गते सम्पन्न चौथो अन्तर्राष्ट्रिय ओपन फुलकन्ट्याक्ट कराते च्याम्पियनसिपमा सहभागी नेपाली खेलाडीहरूले उच्च आत्मबल र कौशल प्रस्तुत गर्दै उल्लेखनीय सफलता हासिल गरेका छन्। प्रतियोगितामा सहभागी नेपाली खेलाडीहरूले विभिन्न तौल समूह र प्रतिस्पर्धात्मक विधामा उत्कृष्ट खेल खेल्दै स्वर्ण, रजत तथा कास्य पदक जित्न सफल भएका हुन्।

च्याम्पियनसिपमा नेपालबाट २० जना पुरुष र ११ जना महिला खेलाडी सहित कुल ४० जनाको सहभागिता रहेको थियो। खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरका प्रतिस्पर्धीसँग कडा प्रतिस्पर्धा गर्दै अनुशासन, आत्मविश्वास र खेल भावना प्रस्तुत गरेका थिए।

प्रतियोगितामा सहभागी हुनुअघि KWW संघका अध्यक्ष श्याम लाल खड्गी ज्यू, वरिष्ठ सल्लाहकार राम कृष्ण खड्गी तथा संघका पदाधिकारीहरूले खेलाडीहरूलाई शुभकामना सहित औपचारिक विदाई गरेका थिए। उहाँहरूको प्रेरणा र मार्गदर्शनले खेलाडीहरूको मनोबल उच्च राख्न महत्वपूर्ण भूमिका खेलेको खेलाडीहरूले बताएका छन्।

प्रतियोगिता सम्पन्न भई स्वदेश फर्किएपछि खेलाडी, प्रशिक्षक तथा संघका पदाधिकारीहरूले यो सफलता नेपाली करातेको इतिहासमा अर्को महत्वपूर्ण उपलब्धि भएको बताएका छन्। KWW संघले आगामी दिनमा अझ व्यवस्थित प्रशिक्षण, अन्तर्राष्ट्रिय प्रतियोगितामा निरन्तर सहभागिता र खेलाडी विकास कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

यस उपलब्धिले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली करातेको पहिचान थप मजबुत बनाएको खेलकर्मीहरूको विश्वास रहेको छ।

Share this article